टेस्ट क्रिकेटः भारतले उत्कृष्ट प्रदर्शनमा वेस्टइन्डिज स्तब्ध



काठमाडौं। वेस्टइन्डिज र भारतबीच शुरु भएको पहिलो टेस्टको दोस्रो दिन भारतले उत्कृष्ट खेल देखाएको छ ।

पहिलो इनिंगमा २९७ रनमा अल आउट भएको भारतले बलर इशान्त शर्माको उत्कृष्ट बलिङपछि वेस्टइन्डिजका ८ खेलाडीलाई आउट गर्दै १८९ रनमा रोकेको छ । दोस्रो दिनको खेल सकिदा भारत १०८ रनले अगाडी रहेको छ ।

वेस्टइन्डिजक लागि रोस्टोन चेजले सर्वाधिक ४८ रन बनाए भने शेमरन हिटमेयरले ३५, साइ होपले २४, जोन क्याम्पबेलले २३, क्रेग ब्रेथवेटले १८, शमर्हब्रूकले ११, डारेन ब्राभोले १८ र कमर रोच शुन्य रनमा आउट भएका छन् ।

त्यस्तै कप्तान जेसन होल्डर १० रन र मिग्येल कमिन्स शुन्यमा खेलिरहेका छन् ।

भारतका लागि बलर इशान्त शर्माले ५ विकेट लिएका छन् । त्यस्तै जसप्रित बुमराह, मोहमद सामी र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

यस अघि पहिलो इनिंगमा भारतले २९७ रन बनाएर अल आउट भएको थियो ।

पहिलो दिनको खेल सकिदा भारतले ६ विकेट गुमाउदै २०३ रन बनाएको भारतले दोस्रो दिन थप ९४ रन थपेको थियो ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो । भारतले सुरुका तीन विकेट छिटै गुमाउदा दबाबमा आएको थियो ।

ओपनर मयंक अग्रवाल ५ रन, चैतेश्वर पुजारा २ रन र कप्तान विराट कोहली ९ रन बनाएर आउट भएपछि टिमको २५ रन हुदा तिन प्रमुख ब्याट्सम्यान आउट भएका थिए ।

तर अर्का ओपनर केएल राहुल र आजिख्य रहानेले सम्हालिएर खेल्दै भारतलाई बचाएका थिए । राहुल ४४ रन बनाएर आउट भए भने रहानेले ८१ रनको पारी खेलेका थिए । त्यस्तै अर्का खेलाडी हनुमा विहारीले ३२ रन बनाएका थिए ।

दोस्रो दिन रिषव पन्त २४ रन बनाएर आउट भए भने रविन्द्र जडेजाले महत्वपूर्ण ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै इशान्त शर्माले १९ रन बनाए भने मोहमद सामी शुन्यमा आउट भए । त्यस्तै जसप्रित बुमराह ४ रन बनाउदै अविजित रहे ।

वेस्टइन्डिजका लागि केमोर रोचले सर्वाधिक ४ विकेट लिएका थिए भने शानोन गाब्रियलले ३ विकेट लिए । त्यस्तै रोस्टन चेजले २ विकेट लिए भने जेसन होल्डरले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्