ओलीसँगको भनाभन श्रीमान–श्रीमतीको झगडाजस्तै: नेता नेपाल



काठमाडाैँ । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर रुपपा नलिन आग्रह गरेका छन्।सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा व्यक्त गरेका हुन । पार्टीलाई ध्यानाकर्षण गराएको मात्रै हो भन्दै सामान्य रुपमा लिन आग्रह गरे।

विषयवस्तुमाथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उनले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न पनि सुझाव दिए। झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उनले बताए। नेता नेपालले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने ‘नेताहरुबीच भनाभन भएछ भनेर पुर्व वक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो, अत्तिनु केही पनि पर्दैन। घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्नेरु त्यही हो। विहे गर्नु नै वेकार रहेछ। छोराछोरी जन्माउनु नै वेकार रहेछ भन्ने रु यो जीवनको यथार्थ हो। पछाडि हट्नु हुँदैन । आएका समस्यालाई कसरी समाधान गर्नेरु समस्या त आउँछन । नआओस् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ। सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौ समस्याहरु आउँछन्। बाधा अवरोध हरु आउँछन्, ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्‍यो । सामर्थ्य पनि हुनुपर्छ। यदी तपाईमा सामर्थ्य छैन भने तपाई केही पनि गर्न सक्नुहुन्न।’

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राखे।नेपालले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए।

प्रतिक्रिया दिनुहोस्