खोलाले बगाउँदा २ को मृत्यु



काठमाडौँ । माछा मार्ने क्रममा खोलाले बगाउँदा स्याङ्गजामा दूई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्गजा फेदिखोला गाउँपालिका २  कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका १० राङखोलाका ४२ वर्षीय मानबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

खड्काको जाल हान्ने क्रममा र थापाको माछा मारेर खोला तर्ने क्रममा बगेर ज्यान गएको स्याङ्गजा प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्गजा पुर्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्