सालकको खपेटासहित लिम्बू पक्राउ



पाँचथर । पाँचथर प्रहरीले सालकको खपेटासहित एक जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका २ बस्ने ६२ वर्षीय विक्रम यवाराम लिम्बू रहेको प्रहरीले जनाएको छ ।

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने हपुखोलादेखि ताप्लेजुङतर्फ जाँदै गरेका लिम्बूलाई छ सय ग्राम खपेटासहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पाँचथरमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्