हरेक वर्ष ७० हजार सर्प भेला हुने अचम्मको ठाउँ



हामीले विभिन्न डरलाग्दा र आश्चर्य लाग्दा घटनाहरु सुन्दै आएका छौ । यस्तै एउटा आश्चर्य लाग्दो घटना हरेक वर्ष क्यानडामा हुने गर्दछ । सुन्दा अपत्यारीलो लाग्न सक्छ तर क्यानडाको म्यानिटोबा हरेक वर्ष झण्डै ७० हजार सर्पहरु जम्मा हुने गर्दछन् । हरेक वर्ष सर्प भेला भएको देख्दा त्यहाँका स्थानीयले यसलाई सर्प मेला पनि भन्ने गर्दछन् ।

यसरी विभिन्न प्रजातीका सर्पहरु एकै ठाउँमा किन भेला हुन्छन् भन्ने प्रश्न सबैको मनमा उब्जिन्छ । यसको पनि एउटा रोचक कारण छ । त्यो हो प्रजनन् । हो, वास्तवमा प्रजननका लागि हजारौँ भाले र पोथी सर्पहरु म्यानिटोबामा जम्मा हुने गर्दछन् । फेब्रुअरी महिनामा हजारौं सर्पहरु उक्त ठाउँमा प्रजननका लागि भेला हुने गरेका छन् । यस्तै क्यानडाको वन्यजन्तु विभागले उक्त सर्प प्रजनन क्षेत्रको संरक्षण गर्ने गरेको छ । उक्त ठाउँमा सर्पको मेला त लाग्छ नै तर मेला हेर्नका लागि मान्छेहरुको पनि ठूलै भीड जम्मा हुने गर्दछ ।

नार्सिस स्नेक डेन्स क्षेत्रको नामले चर्चित उक्त ठाउँ आफैंमा अद्भूत छ । गर्मी महिनामा हजारौं सर्पका नयाँ बच्चाहरु बाहिर निस्किन्छन् । ७० हजारभन्दा धेरै सर्पहरु जम्मा हुने सो ठाउँमा प्रजनन प्रक्रियाका क्रममा बर्सेनि केही हजार सर्पहरुको त मृत्यु नै हुने गरेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्