नेताहरूको स्तर खस्कियाे : प्रचण्ड



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका नेताहरूको स्तर खस्किएको बताएका छन् ।

शुक्रबार बिहान प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल ललितपुरको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले जसलाई जे मन लाग्यो त्यही बोल्ने प्रवृत्ति बढेको छ ।

पहिले अनुशासित भएर सफल भएको तर आजभोलि नेताहरूको स्तर खस्केको छ । ‘हामी हिजो निकै अनुशासित थियौं र मात्रै यहाँ आइपुगेका हौं आजभोलि अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने भएको छ,

त्यस्तै उनले हिजोका दिनमा सामूहिक निर्णय गर्ने र व्यक्तिगत जिम्मेवारी लिने भनिए पनि अहिले त्यस्ताे नभएकाे बताए।

‘अहिले त जसलाई जे मन लाग्यो बोल्ने, समूहको हितलाई बेवास्ता गर्ने। व्यक्तिगत निर्णयको जिम्मेवारी समूहले लिइदिनु परेको छ,’ दाहालले भने,‘यसलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ।’

यसअघि बिहीबारको नेकपा सचिवालय बैठकका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच तल्लो स्तरमा झरेर बाझाबाझ भएको थियो।

पछिल्लो समय स्पष्ट दुई कित्तामा उभिएका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सचिवालय सदस्य माधवकुमार नेपालबीच लामो चर्काचर्की भएपछि झण्डै ४५ मिनेट लामो बैठक तिक्ततापुर्ण वातावरणमा सकियो ।

 

प्रतिक्रिया दिनुहोस्