नेपाल–भारत सीमाबाट अबैध ड्रोन क्यामेरासहित १ पक्राउ



काठमाडौँ । भारत–नेपाल सीमा पानीट्यांकीबाट दुईवटा ड्रोन क्यामेरासहित एक नेपालीलाई सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा काँकरभिट्टा निवासी सन्तोष न्यौपाने रहेका छन् । नियमित जाँचका क्रममा अवैध रूपमा नेपालबाट भारत लैजाँदै गरेका दुई ड्रोन क्यामेरासहित न्यौपानेलाई पक्राउ गरेको एसएसबीले जनाएको छ ।

पक्राउ परेका न्यौपाने र दुई ड्रोन अनुसन्धानका लागि भन्सार अधिकारीलाई सुम्पेको एसएसबीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्