मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किँदा १ को मृत्यु, १ घाइते



काठमाडौं । भक्तपुरको नयाँठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएके छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी ५ कमेरेटारका २२ वर्षीय राजेश गोजा रहेका प्रहरीले जनाएको छ । उपचारको क्रममा मध्यपुर अस्पतालमा गोजाको मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे १० बजेको समयमा भएको सो दुर्घटनामा एक जना घाइते भएका छन् । घाइते हुनेमा स्कुटी चालक भक्तपुर नगरपालिका ५ तौमढीका ३१ वर्षीय प्रबिण लोहला रहेका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भईरहेको छ ।

काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोट तर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्वरको स्कुटी नयाँठिमी चारदोबाटोमा एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्