दोषी ठहरिए हत्कडी लगाए हुन्छ : किशोर श्रेष्ठ



पाल्पा । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पछिल्लादिनमा पत्रकार आचारसंहिताको पालना नभएको वताउनु भएको छ ।उहाले पत्रकार आचारसंहिता विपरितका गतिविधि वढेकाले नियमन गर्न पनि गाहे रहेको वताउनु भयो । नेपाल पत्रकार महासंघ पाल्पाले सुक्रवार पाल्पाको तानसेनमा आयोजना गरेका अन्र्तक्रिया कार्यक्रमामा उहाले सरकारले पनि प्रेस माथि अंकुश लगाउन खोजेको र त्यसको प्रतिवाद काउन्सीलले गरिरहेको दावी गर्नु भयो ।

पछिल्लो समयमा यु ट्युव च्यानल र सामाजिक संजालका कारण पत्रकारिता पेशामा चुनौति र समस्याहरु देखापरेको औँल्याउदै उहाले यस्ता चुनौतिको निराकरण गर्नका लागि पत्रकार आचारसंहिताको पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार शालिकराम पुडासेैनी र रवि लामिछाने प्रकरणमा आफ्नो नाम मुछिएको सन्दर्भमा कावा अध्यक्ष श्रेष्ठले त्यसको वचाउ गर्दै भन्नुभयो –‘पुडासेैनीको आत्महत्याभन्दा अघि खिचिएको भिडियो उहाकै परिवारका सदस्यबाट मलाइ दिइएको हो । यसलाई मैले नै सवभन्दा पहिले सार्वजनिक गरेको हुँ । सार्वजनिक गरिएको भन्दा वढी समयको भिडियो भएको पुष्टी कसैले गर्दछ र दोषी देखिँए भने मलाई हत्कडी लगाएर लगेहुन्छ । ’

उहाले रवि लामिछानेले आफु विरुद्ध पुर्वाग्रह राखेपनि मेरो उनीसँग कुनै पुव्राग्रह छैन भन्दै उहा निर्दोष भएमा अदालतले सफाइ दिने वताउनु भयो । एक अर्काे प्रसंगमा उहाले शालिकराम पुडासैनीको मृत्यु अघिका घटनाक्रमहरु पनि खोजिको विषय हुनुपर्ने वताउदै मृत्यु भैसकेपछिका घटनाक्रमले कानूनी शासनलाई वलियो नवनाउने तर्क गर्नुभयो ।

सरकारले पछिल्लो समयमा ल्याएका र ल्याउन खोजेका कतिपय विधेयकहरु संविधान विपरित भएको वताउदै कार्यवाहक अध्यक्ष श्रेष्ठले पत्रकारिता पेशालाई नियमन त आवश्यक हो तर दण्डित गर्ने र संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धि मौलिक हकका विरुद्ध र पूर्ण प्रेस स्वतन्त्रता सम्वन्धि प्रावधान विपरितका कार्यहरु सह्य नहुने वताउनु भयो ।

कार्यक्रम पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्