पोखरामा लायन्स फुटबल हुँदै



पोखरा, (नेस) । लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘बी’ १ नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा छैटौं अन्तर लायन्स सेवेन ‘ए’ साइड फुटबल प्रतियोगिता–२०७६ को आयोजना गर्ने क्लबले जानकारी गराएको हो।

स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोसिप भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्दै आएको जनायो। प्रतियोगितामा ६० भन्दा बढी लायन्स क्लबको सहभागिता हुने अनुमान गरिएको छ भने खेलका क्रममा खेलाडी घाइते भएमा ५० हजार रुपियाँसम्मको स्वास्थ्य उपचार बीमासमेत गरिएको छ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई क्रमशः रु ३५ हजार ५ सय ५५ र २५ हजार ५ सय ५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै नेपालभरका लायन्सलाई पोखरामा आमन्त्रण गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याइ पोखरालाई खेलकुद पर्यटन शहरकारूपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष अर्जुन सिग्देलले
बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्