मिस्टर वल्डको उपाधी नजिक नेपालका रायमाझी



काठमाडौ । फिलिपिन्सको मनिलामा भइरहेको मिस्टर वल्र्डमा नेपालबाट सहभागी अक्षय रायमाझी टप १२ मा पर्न सफल भएका छन । बिश्वका ७२ देशका सहभागीहरुलाई पछि पार्दै रायमाझी टप १२ मा पर्न सफल भएका छन ।
उनी मल्टिमिडियाको माध्यमबाट टप १२ मा पर्न सफल भएका हुन । उनी नेपालबाट पहिलो पटक टप १२ मा पर्न सफल भएका हुन । बिश्वभरबाट भोटिङ गर्दा उनी १ नम्वरमा पर्न सफल भएपछि टप १२ मा परेका हुन । उनले बिश्वभरबाट ११ लाख भोट पाएका थिए ।
उनी टप १२ मा पर्न सफल भएपछि सामाजिक संन्जाल मार्फत आफुलाई यो स्थानमा पुर्याउने नेपाल र नेपाली तथा बिश्वभर रहेका आफ्ना प्रसंसकहरुलाई धन्यवाद दिएका छन ।
उनले टप १२ मा परेपछि आफ्नो २ महिना देखिको मेहनतले पुर्णता पाएको र आफु टप १२ मा परेको घोषणा आयोजकले गरेपछि पत्याउन नसकेको प्रतिकृया न्युज अफ नेपाललाई दिएका छन ।
नेपाली समय आज बेलुकी ६ बजेबाट फाइनल प्रतिस्पर्धा हुने र आफुले कुनै न कुनै अवार्ड जितेर छाड्ने रायमाझीले दावी गरेका छन । उनले आफु मात्र नभएर नेपाललाई समेत बिश्वमा चिनाउन सफल भएको बताएका छन । रायमाझीलाई मिस्टर वल्डको शुभकामना समेत न्युजअफ नेपालले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्