होटेल कामदारका कारण आमनरसंहार हुन पाएन



लसएन्जेल्स, (एजेन्सी)। अमेरिकाको क्यालिफोर्नियाको प्रहरीले एकजना होटेल कामदारको सहयोगका कारण आम नरसंहार रोक्न सक्ने स्थिति बनेको बताएको छ। उनका एकजना असन्तुष्ट सहकर्मीले होटेलका कर्मचारी तथा पाहुनालाई गोली हान्ने चेतावनी दिएका थिए।

सुराकको आधारमा प्रहरीले एकजना ३७ वर्षीय पुरुषलाई उनको लसएन्जेल्स स्थित निवासमा अत्याधुनिक हातहतियार र गोली गठ्ठासहित पक्राउ गरेको छ। अमेरिकाको संघीय जाँचबुझ ब्युरो ( एफबीआई ) को यस्तो गोलीकाण्ड रोक्ने बृहत प्रयासहरु भइरहेको बेला यो घटना सार्वजनिक भएको हो।

यस घटनापछि अमेरिकाको एल पासो र डेटनमा भएको गोलीकाण्डमा ३१ जना मानिसको ज्यान गएको थियो। अमेरिकी अधिकारी त्यसपछिका दिनहरुमा थुप्रै आक्रमणको योजना विफल बनाइसकेको दाबी गरेको छ। तीमध्ये केही योजना अल्पमत समूहमाथि आक्रमण गर्नुरहेको बताइएको छ।

एफबीआईले आफ्ना फिल्ड कार्यालयहरुमा धम्कीका घटनाहरुमाथि विशेष ध्यान दिन निर्देशन दिएको तथा जनतालाई यस्ता धम्की एवं शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई खबर गर्न आह्वान गरेको बुझिएको छç

रोडोल्फो मोनतोया नामक ती व्यक्तिले लन्ग बीच एयरपोर्ट नजिकको म्यारियट होटेलमा काम गर्ने आफ्ना एकजना सहकर्मीलाई यसरी चेतावनी दिएको लन्गबीच प्रहरी प्रमुख रोवर्ट लुनाले बताएका छन्।

उनले यदि ती कर्मचारीले खबर नल्याएको भए अत्यन्तै दुखद् घटना घट्न सक्ने पत्रकारहरुलाई बताएका छन्। हन्टिंगटनबीच स्थित उनको निवासबाट प्रहरीले एउटा एसल्ट राइफल र सयौं राउन्ड गोलीसहित अन्य थुप्रै हतियार फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस्