गोरखामा यस वर्ष सुन्तला प्रशोधन केन्द्र बन्ने



नेपाल समाचारपत्र, गोरखा। गोरखामा सुन्तला प्रशोधन उद्योग र कोल्ड स्टोर बनाइने भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले चालु आर्थिक वर्ष जिल्लामा सुन्तला प्रशोधन उद्योग र कोल्ड स्टोर बनाउने भएको हो।
परियोजनाको चालु आर्थिक वर्षका कार्यक्रम सार्वजनिकीकरण गर्दै कार्यालय प्रमुख अजय अधिकारीले कृषक समूह र सहकारीको मागका आधारमा प्रशोधन उद्योग र कोल्ड स्टोर बनाउने स्थानको तय गर्ने जानकारी दिनुभयो।

करिव ४० टन सुन्तला अटाउने क्षमताको प्रिफायबको कोल्ड स्टोर बनाउनका लागि ५० लाख रुपियाँ प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। सुन्तलाको जुस, सर्वत बनाउने प्रशोधन उद्योग बनाउनका लागि २५ लाख रुपियाँ बजेट स्वीकृत भएको इकाइले जनाएको छ।
उक्त इकाइमार्फत यो वर्ष सुन्तला ह्रास व्यवस्थापन, बगैंचा सुदृढीकरण, नर्सरी ग्रीन हाउस निर्माणलगायतका कार्यक्रम पनि कार्यान्वयन हुने भएका छन्। जिल्लाको शहीद लखन गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका, गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको सुन्तला पकेट क्षेत्र समेटेर ५ सय १२ हेक्टर क्षेत्रफलमा सुन्तला जोन कार्यक्रम लागू भएको छ।

करिव ४० टन सुन्तला अटाउने क्षमताको प्रिफायबको कोल्ड स्टोर बनाउनका लागि ५० लाख रुपियाँ प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो। सुन्तलाको जुस, सर्वत बनाउने प्रशोधन उद्योग बनाउनका लागि २५ लाख रुपियाँ बजेट स्वीकृत भएको इकाइले जनाएको छ।
सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि चालु आर्थिक वर्ष २ करोड ६५ लाख ८० हजार रुपियाँ बजेट स्वीकृत भएको कार्यक्रममा जानकारी दिइएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक र शहीद लखन गाउँपालिकाको विभिन्न क्षेत्र समेटर कार्यक्रम कार्यान्वयन हुने भएको हो। धान जोन कार्यक्रम कार्यान्वयनका लागि १ करोड ३० लाख ६४ हजार रुपियाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताए।

यस कार्यक्रमअन्र्तगत बाली संरक्षण, आधुनिक कृषि सामग्रीको प्रयोग, माटो सुधार, लाभ लागत अध्ययन, उन्नत प्रविधिको प्रयोग, औजार उपकरण वितरण, सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणालीको विकासलगायतका कार्यक्रम गरिने भएको छ।

यस्तै, साना सिँचाइ कार्यक्रमअन्तर्गत ४० वटा साना सिँचाइ आयोजना निर्माण गरिनेछ। तथ्यांकअनुसार जिल्लामा १२ हजार ९ सय २० हेक्टरमा धान खेती हुँदै आएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत नै सिरानचोक गाउँपालिकामा मकै विशेष कार्यक्रम पनि कार्यान्वयन हुने भएको छ। यो कार्यक्रमका लागि चालु आर्थिक वर्ष ५० लाख रुपियाँ बजेट प्राप्त भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो।

कार्यक्रमअन्र्तगत मकौली उपज प्रशोधन उद्योग स्थापनाका लागि २० लाख रुपियाँ, मकै सुकाउने त्रिपाल किसानलाई वितरणका लागि १० लाख रुपियाँ र एकिकृत मकै खेतीमा सिँचाइ, कृषियन्त्र, प्रोत्साहन अनुदानका लागि २० लाख रुपियाँ बजेट स्वीकृत भएको इकाइले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्