झाडापखाला न्यूनीकरणका उपाय



सामान्य अवस्थामा भन्दा धेरै पटक पातलो किसिमको दिसा लाग्नु, पेट दुख्नु, खान मन नलाग्नु, हल्का ज्वरो आउनु आदि झाडापखालाका लक्षण हुन्। यो सरुवा रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा पाँच वर्षभन्दा मुनिका बर्सेनि झन्डै लाख बालबालिकाको मृत्यु हुने गरेको छ।

झाडापखाला नेपालजस्तो देशमा हरेक पाँच बालबालिकामध्ये एक जना झाडापखालाको कारणले गर्दा ज्यान गुमाउन पुग्छन्। वर्षे्नि हजारौँ बालबालिकाले ज्यान गुमाउने गर्दछन्।

यो सामान्य रोग हो तर समयमा उचित हेरचाह नहुँदा र उपयुक्त ख्याल नगर्दा यसको कारणले पनि मृत्युवरण गर्नुपरेको यथार्थ निकै दुःख लाग्दो हो। विशेष गरी वर्षायाममा यसको प्रकोप झन्–झन् विकराल हुन्छ।

यो समयमा महामारीकै रुपसमेत लिन सक्छ। यसो भयो भने हाम्रा बालबालिकालाई उपचार गर्नै चुनौतीपूर्ण हुन जान्छ। यस्तो भएको खण्डमा आफूलाई संयमित बनाउँदै अन्य हुन सक्ने सम्भावित जोखिमबाट हामी बच्न सक्छौँ। अर्को पक्ष बालबालिकामा प्रकोप धेरै फैलिएको पाइन्छ।

यसलाई न्यूनीकरण गर्नको लागि हामी सचेत हुन जरुरी छ। त्यसैले आफ्ना बालबालिकालाई झाडापखाला र आउँजस्ता संक्रमणबाट बचाउन सफा र स्वच्छ पिउने पानीको प्रयोग, सरसफाइ, खानाअघि र खानापछि साबुन–पानीले हात धुने, कम्तीमा ६ महिनासम्म शिशुहरूलाई आमाको दूध मात्रै खुवाउने, संक्रमणका कारणहरूबारे जानकारी राख्ने, रेट्रो भाइरसको खोप लगाउने जस्ता थुप्रै उपायहरू अपनाउन सकिन्छ।

यस्तै बच्चाहरूलाई झाडापखाला भइहालेको अवस्थामा झोल पदार्थ खुवाउने, पानीमा चिनी तथा नूनको मिश्रण बनाएर खुवाउने, रुमाललगायत व्यक्तिले प्रयोग गर्ने सामान अरूलाई प्रयोग गर्न नदिने, दिसापिसाब शौचालयमा मात्रै गर्ने, जीवन जल, जिंक चक्की सेवन गर्ने लगायतका घरेलु उपायहरू प्रयोग गर्न सकिन्छ। यदि बिरामी गम्भीर अवस्थामा पुगेको खण्डमा तुरुन्तै नजिकैको स्वास्थ्यचौकीमा लैजानुपर्नेछ।

– सम्झना पुडासैनी, धादिङ।

प्रतिक्रिया दिनुहोस्