थोत्रा गाडी हटाउने कुरा के भयो ?



नेपाल सरकारले २० बर्से पुराना सवारीसाधन हटाउने तथा खारेज गर्ने भनिए पनि २० वर्ष पुगेका निजी तथा सार्वजनिक भाडाका साधनहरू अहिले पनि निर्बाधरुपमा सञ्चालनमा आएका छन्। कार्यान्वयन किन हुन सकेको छैन ?
सम्बन्धित निकायको ध्यान किन नगएको हो ? अझै पनि काठमाडौंको रिङरोडभित्र चलिरहेका धेरैजसो सवारीसाधनहरू हामीले २० वर्षभन्दा पुराना रहेको देख्न सक्छौं। त्यस्ता सवारीहरू पुराना र ढिलो मात्रै हिँड्दैनन्, त्यहाँबाट ठूलो मात्रामा निस्कने धुवाँले मानिसको स्वास्थ्यमा कस्तो असर पर्यो होला ? यो कसैले ख्याल गरेको छ ?

कुनै बेला सवारीसाधनमा अझै पनि जीवित रहेको सिन्डिकेट हटाउने भनेर राजनीतिकर्मीको चर्को भाषण सुनियो। तर विडम्बना, यो कुरा उनीहरूको नारामा मात्रै सीमित रह्यो।

सार्वजनिक सवारीसाधनमा भएको सिन्डिकेट नहटाइदिँदा नयाँ व्यवसायीले चाहँदाचाहँदै पनि लगानी गरी सेवा सञ्चालन गर्न पाएका छैनन्। स्वदेशी तथा विदेशी यात्रुहरू कष्ट र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्।

पुरानो दर्ता गरेकै नम्बरमा पुनः दर्ता खोलिदिँदा सिन्डिकेट हट्दैन र थप गाडी भित्रिन पाउँदैनन्। त्यसैले सम्बन्धित पक्षको ध्यान जाओस् भन्न चाहन्छु।

– विकास फुँयाल, काभ्रेस्थली, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्