-अंगुरकुमार दाहाल
म पानी बनेथें पहिलो नजरमा
तिमीले छुटायौ पसिना शरीरमा
झुकाएर आँखा जसै मुस्कुरायौ
तिमी चाँदनीझैं मभित्रै उदायौ
न वाक्य फुटेथ्यो दुवै स्तब्ध हामी
त्यही मौनतामा बगेथ्यो जवानी
जसै चार आँखा भए साथसाथ
दुवैमा चढेथ्यो नशायुक्त मात
र, पानी बगेझैं बग्यो जिन्दगानी
भयौं साथसाथै छ एकै सिरानी
कतिसम्म टिक्ला यो प्यारो कहानी
भरै हुन्न भन्छन् जवानी र पानी