गरगहना चोरेर भाग्दा तीन समातिए



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुर जिल्लाको चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीबाट विभिन्न्न गरगहना सहित रकम चोरी गरी भाग्दै गरेका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायक बस्ने २३ वर्षीय दिपक गिरी र चाँगुनारायण नगपालिका वडा नं. ६ का बुद्ध तामाङ रहेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक(डिएसपी) चक्रराज जोशीले जानकारी दिनुभयो ।

चागुँनारायण नगरपालिका वडा नं. ८ सुडालको रानीबारीमा रहेको सुमन खत्रीको घरबाट करिब ५ तोला सुनका बिभिन्न्न गरगहना, ५ थान मोबाइल, एक थान घडी, २ थान पेन ड्राइभ र ७ हजार ७ सय ९० रुपैयाँ नगद बराबरको धनमाल चोरी गरी भाग्दै गरेका गिरीलाई स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको हो । यसैगरी तामाङलाई भक्तपुरको कमलविनायकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यसैगरी भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं. ९ नंखेलस्थित श्रीराम श्यामाजुले खेतमा काम गर्ने क्रममा खेतको आलीमा राखेको नगदसहित विभिन्न कागजातको झोला चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कपिलवस्तु मोतिपुर नगरपालिका वडा नं.७ कोइलिबनगाईका २० वर्षीय शुुशिल कुसुवार रहेका छन् ।

उनीबाट बरामद भएका सामानहरु एउटा कालो रंगको ल्यावटपको झोला, एउटा घडी, २ थान एटिएम कार्ड, एक थान पर्स, २ थान पेनड्राइभ, जलेका विभिन्न कागजातका टुक्राहरु, नेपाली रुपयाँ २ सय, अमेरिकी डलर एक थानलगायतका विभिन्न सामान तथा रुपैयाँ रहेको डिएसपी जोशीले बताउनुभयो । पक्राउ परेका अभियुक्त शुशिल कुसुवारलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्