दोहाबाट काठमाडौँ लागूऔषध भित्र्याउने विदेशी नागरिक पक्राउ



काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेका छ । दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय मार्सल गूहीलाई पक्राउ गरेको हो ।

प्रहरीले गूहीको साथबाट एक किलो ६ सय ग्राम कोकिन बरामद गरेको जनाएको छ ।प्रहरीका अनुसार उनलाई लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरि काठमाडौं, गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका– २ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका– १० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका– २२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन् । उनीहरुलाई प्रहरी बुधबार पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्