बाघको आक्रमणबाट रामकलीको ज्यान गयो



बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गएको छ। बाघको आक्रमणबाट गेरुवा गाउँपालिका ४ दमपुरकी ५६ वर्षीय रामकली शाहीको ज्यान गएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको सामुदायिक वनबाट आएको बाघले आक्रमण गर्दा शाहीको ज्यान गएको हो । घर नजिकैको खेतमा घाँस काटिरहेको अवस्थामा शाहीलाई बाघले आक्रमण गरेको थियो ।

पाटेबाघले आक्रमण गरेपछि शाहिको घाँटी र कोखामा ठूलो चोट लागेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्