श्रीमानका यस्ता बानीले श्रीमती हैरान



सबैका श्रीमान एकै खाले हुँदैनन् । कोही राम्रो बानी भएका ज्ञानी हुँन्छन, कोही रिसाहा त कोही अत्यान्तै मिजासीला । मानिसलाई राम्रो र सभ्यको पहिचान दिनको लागि उनीहरुले गर्ने क्रियाकलाप र उनीहरुको आनीबानीले नै हो । पहिले नेपाली समाजमा श्रीमानको पुजा गरिन्थ्यो । तर, अहिले यसको स्वरुप विस्तारै बद्लीएको छ । आफ्ना आमा बाबाले खोजिदिएको परको केटासँग जिन्दगी बिताउन हरेक महिलालाई गाह्रै पर्छ । तर, श्रीमानका राम्रा बानी र बेहोराले कसैले त सुख पाउँछन् । तर, तल व्यख्या गरिएका श्रीमानले देखाउने यस्ता व्यवहारले श्रीमती सधैं चिन्तित हुने गर्दछन् ।

चिसो रुमाललाई बेडमा राखेर बिर्सनु

धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई सुकाउनुको सट्टा बेडमा नै छोड्ने गर्दछन् । उनीहरुलाई चिसो रुमाल बेडमा राख्दा बेड चिसो हुने र रुमाल पनि बिस्तारै कालो हुँदै जाने कुरा थाहै छैन । श्रीमतीले धेरैपटक यसो नगर्न आग्रह गरेपनि उनीहरु उनको आग्रहलाई एउटा कानले सुनेर अर्को कानले उडाइदिन्छन् र भन्छन, ‘यो त आफसे आफ सुकिहाल्छ नी’ ।

बिदामा ढिलासम्म सुत्नु र नुहाउन बिर्सनु

जब बिदा हुन्छ तब श्रीमानहरु आफ्नो बेडलाई एकछिन पनि छोड्न मान्दैनन् । धेरैजसो पुरुषहरु बिदाको बेलामा चिया, कफी, खाना, खाजा सबै बेडमा नै खान रुचाउँछन् । यदि तपाईंले उनलाई नुहाउन आग्रह गर्नुभयो भने तपाईंले उनको बिदा नै खराब गरेको सम्झनेछन् ।

‘आउँदै छु’ भन्छन् तर खाना खान आउँदैनन्

तपाईंले बनाएको खाना मिठो भएर नै उनले तपाईंसँग विवाह गरेपनि विवाह पछि उनले यो कुरा बिर्सन्छन् । टिभी हेर्नु, मेल चेक गर्नु र खाना खाँदा पत्र–पत्रिकालाई यताउती गर्नु उनीहरुको मनपर्ने बानी हुन् । खाना चिसो भयो भनेर जतिसुकै भनेपनि उनीहरुलाई त्यो कुराको वास्तै हुँदैन ।

आफ्नै सामानहरु थाहा नहुनु

धेरैजसो पुरुषहरुलाई आफूले भनेको ठाउँमा नै सामानहरु चाहिन्छ तर आफूले राखेको सामानहरु कहाँ हुन्छ, त्यो कुरा उनीहरुलाई पत्तै हुँदैन । उनीहरुको सबै काम श्रीमतीले नै गरोस् भन्ने चाहन्छन् । आफ्नो सामानहरु उनीहरु एक्लै खोज्न सक्दै सक्दैनन् ।

बाथरुममा पत्रिका र चुरोटको लत

धेरैजसो पुरुषहरु बाथरुम भित्र बसेर पत्रिका पढ्ने र चुरोट पिउने गर्दछन् । उनीहरुको यो बानीले अरुलाई समस्यामा पर्नसक्ने कुरा उनलाई मतलब नै छैन । बाथरुमभित्र पिइएको चुरोटको गन्ध सबैतिर फैलिएको कुन श्रीमतीलाई राम्रो लाग्ला र ?

रातभर घुर्ने र बिहान निद्रा नलागेको गुनासो

श्रीमानको घुराइका कारण धेरैजसो महिलाहरु रातभरी सुत्न पाउँदैनन् र यसको विपरित श्रीमान बिहान गुनासो गर्दछन्, ‘तिमीले मलाई सुत्न ठाउँ नै नदिएकाले रातभर सुत्न सकिनँ’ ।

बेडमा खाने

उनलाई घरमा बनाइएको खाना मनपर्दैन तर बेडमा नै टिभी हेर्दै र अफिसको काम गर्दा गर्दै नाश्ता खाने गर्दछन् । केहि नभनी हेर्ने हो भने, उनीहरुलाई खाना कसरी खाइन्छ भन्ने शिक्षा आवश्यक भएको देखिन्छ । जहाँ पायो त्यहि पोख्नु, जता पायो त्यतै पुछ्नु, उनीहरुलाई सामान्य लाग्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्