पोखरेल कार्यबाहक प्रधानमन्त्री, प्रशासनिक कार्य सञ्चालनको जिम्मेवारी



न्युज अफ नेपाल, काठमाडौं ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचार गराउन दुई साताका लागि सिंगापुर गएपछि पोखरेललाई दैनिक प्रशासनिक कार्य सञ्चालनका निम्ति कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओली २० भदौमा स्वदेश फिर्ता हुने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्