बालाजु औद्योगिक क्षेत्रमा आगलागी



काठमाण्डौ । काठमाण्डौको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको फोर्स मोटर ग्यारेजमा बिहीबार बिहान साढे ११ बजे आगलागी भएको हो । आगलागीबाट ४ वटा नयाँ गाडी र एउटा मोटरसाईकल पुर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्समा पनि क्षति पुगेको छ । प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो ।

काठमाण्डौ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्