सुनको भाउ झन् बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं । केही दिन स्थिर रहेको सुनको मूल्य बुधबार फेरि बढेको छ। बुधबार सुनको भाउ ३ सय रुपियाँले बढ्न पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भदौ १ गतेदेखि स्थिर रहेको सुनको मूल्य ३ दिनपछि बुधबार फेरि तोलामा ३ सय रुपियाँले बढेर नयाँ उचाइमा पुगेको हो। नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार छापावला सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय रुपियाँमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भएको छ।

मंगलबार भने छापावाल सुन प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपियाँले बढी ८३० रुपियाँ प्रतितोलामा कारोबार भएको महाशाखाले जनाएको छ।

अन्तर्र्रािष्ट्रय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो। अमेरिका र चीनबीचको व्यापार युद्धका कारण सुनको भाउ बढ्दै गएको सुन व्यवसायीहरू बताउँछन्। सुनको भाउ बढ्दै जाँदा कारोबारमा भने मन्दी छाएको छ।

चाडबाडका समयमा सुन नबिक्नु निकै पीडादायी भएको सुन व्यवसायीहरू बताउँछन्। बजारमा अहिले नयाँ सुन किन्नेको भन्दा पनि पुराना सुन र सुनका गरगहना बेच्नेको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस्