शेयर बजारमा झिनो सुधार



नेपाल समाचारपत्र, काठमाडौं ।कारोबारको शुरुवातदेखि नै सुस्त देखिएको शेयर बजार बुधबार झिनो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक शून्य दशमलव ४२ अंकले बढेर १२१४ दशमलव शून्य ५ अंकमा उक्लिएको छ।

कुल १६१ कम्पनीका १२ लाख ७० हजार कित्ता शेयर २९ करोड २६ लाख रुपियाँमा कारोबार भयो। यस दिन सबैभन्दा बढी शेयर कारोबार सोल्टी होटेलको भएको छ।

यस कम्पनीको मात्रै चार करोड २० लाख रुपियाँको शेयर कारोबार भयो। कारोबार रकमकै आधारमा माछापुच्छ«े बैंक दोस्रो भएको छ। उसको दुई करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

बुधबार १२ समूहको शेयर कारोबार भएको छ। जसमा आठ समूहको उपसूचक घट्यो भने चार समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी ट्रेडिङ समूहमा २ दशलमव ५६ अंकको वृद्धि भएको छ। त्यस्तै होटेल समूहको उपसूचक शून्य दशमलव ७५ अंकले घटेको छ।

बुधबारको कारोबारमा विशाल बजार कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत कमाए भने गणपति माइक्रो फाइनान्सका शेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्