दलितले दाहसंस्कार गर्न पाएनन्



एजेन्सी,काठमाडौं । दलितको शवको दाहसंस्कार गर्न पलार नदीको किनारमा अनेकौं बाधा तेर्स्याउने गरिएको छ ।
२० फीट अग्लो ओभरब्रिजबाट शवलाई तल खसालि तल पुगेर उनीहरूलाइ अन्तिम संस्कार गर्न बाढ्य गराइएको छ ।

नारायणपुरम दलित कोलोनी निवासी कुप्पनको सडक दुर्घटनामा ज्यान गएको थियो । त्यसपछि समाजका अनेकौं मानिसको उपस्थितिमा उनको शव पलार नदी किनारमा दाहसंस्कारका लागि ल्याइएको थियो ।

अन्तिम संस्कारका लागि सबै रीतिरिवाजपछि नदी किनारमा पुलबाट डोरी लगाएर कुप्पनको शव झुण्ड्याइयो र दाहसंस्कार गरियो । पुल बनेपछि नदीको किनारमा रहेको जमीनमा कथित उच्च जातिका मानिसले कब्जा जमाए । त्यसपछि उनीहरू कुनै पनि दलितलाई त्यहाँ आउनै दिँदैनन् ।

कुप्पनका भतिजा विजयले भने, ‘हामीहरू शवदाह गराउन आएका थियौं । तर गार्डले हामीलाई भित्र आउने अनुमति दिएनन् । कुनै विवाद नहोस् भनेर हामीले पुलबाट नै शव खसाउन उचित ठान्यौं ।’

दलित कोलोनीका कृष्णनले भने, ‘गाउँमा शवदाहका लागि पर्याप्त स्थान छैन । त्यसैले गाउँका मानिस नदी किनारमा नै शवदाह गर्छन् । तर हामीलाई त्यसको अनुमति दिइएन । हामीले बाध्य भएर शवलाई पहिला पुलबाट खसाउनुपर्छ । अनि मात्रै अन्तिम संस्कार गर्न पाउँछौं । यसरी नै विगत चार वर्षदेखि हामीहरू दाहसंस्कार गरिरहेका छौं ।’

भारतको तमिलनाडु राज्यस्थित भेल्लोरमा दलिहरूमाथिको भेदभावको विकराल रूप लिएकाे छ ।   भेल्लोर कलेक्टर एएस सुन्दरमले घटनाको अनुसन्धान भइरहेको छ । दोशीलाइ प्राप्त प्रतिवेदनको आधारमा उचित कारवाही गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्