अचानक ट्रम्पको डेनमार्क भ्रमण रद्द



वासिंगटन, (एजेन्सी)। डेनमार्कका प्रधानमन्त्रीले ग्रिनल्यान्ड अमेरिकाका लागि बिक्रीमा नरहेको बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको औपचारिक भ्रमण रद्द गरेका छन्। डेनमार्कका महारानी मार्ग्रेथे द्वितीयाको आमन्त्रण्मा ट्रम्पको २ सेप्टेम्बरमा डेनमार्क भ्रमणमा जाने तय भएको थियो।

गत साता मात्र ट्रम्पले अमेरिका स्वायत्त डेनिस भूभाग ग्रिनल्यान्ड खरिद गर्न इच्छुक रहेको विचार व्यक्त गरेका थिए। डेनिस प्रधानमन्त्री मेत्ते फ्रेडरिक्सेनले ट्रम्पको यो विचार वाहियात भएको बताउँदै उनी गम्भीर नभएको आरोप लगाएकी छिन्।

बुधबार बेलुकी नै प्रधानमन्त्री पे्रmडेरिक्सेनले औपचारिक वक्तव्य जारी गर्न लागेकी छिन्। मंगलबार टिव्ट गर्दै डेनमार्कको प्रशंसा गरेका छन्– ‘यो विशेष मुलुक हो। अमेरिकाको ग्रिनल्यान्ड खरिद गर्ने विषयमा पे्रmडरिक्सेनले कुनै चासो नदिएकाले मेरो पूर्वनिर्धारित भ्रमण नहुने भएको छ।’

ट्रम्पको डेनमार्क भ्रमण रद्द भएको अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसले पनि पुष्टि गरेको छ। डेनिस राजप्रासादले पनि भ्रमण रद्द भएकोबारे आफूलाई सूचित गरिइएको स्पष्ट पारेको छ।

राज प्रासादका सूचना विभागका प्रमुख लेने ब्याल्लेविले यो कदम अत्यन्तै आश्चर्यजनक रहेको बीबीसीलाई बताएका छन्। पपुलिस्ट डेनिस पिपुल्स पार्टीका नेता क्रिस्टियन थुल्सेन दाह्लले यसरी पूर्वनिर्धारित भ्रमण रद्द हुनु लज्जास्पद भएको बताएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्