वादोरियो टोली कम्बोडिया जाने



काठमाडौं, (नेस)। दोस्रो कामितसुमा ओकुकाई अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बिहीबार कम्बोडिया प्रस्थान गर्ने भएको छ।
अगस्ट २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

टोली प्रमुखमा नेपाल कराँते महासंघका महासचिव एवं नेपाल वादोरियो कराँते संघका अध्यक्ष हरिशरण केसी रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्