अन्तर विद्यालय खेलकुद हुने



काठमाडौं, (नेस) ।र्कीतिपुर नगरपालिकाले नगरको खेलकुदको विकास गर्ने उद्देश्यले नगरपालिका स्तरीय विविध खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।

नगरस्तरीय अन्तर विद्यालय चेस, ब्याडमिन्टन, टेबुलटेनिस, भलिबल र फुटसल प्रतियोगिता यही भदौं ७ गते शनिबार शरू हुने बुधबार आयोजित पत्रकार भेटघाटमा नगरपालिका उपप्रमुख सरस्वती खड्का रिजालले जानकारी दिनुभयो।

खेलको प्रकृतिअनुसार एक सातासम्म प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ। उहाँका अनुसार प्रतियोगितामा १६ विद्यालयको सहभागी हुने छ।

टसलमा १० वटा समूह, भलिबलमा ६ समूह, ब्याडमिन्टमा ३६ जना, चेसमा ३१ जना, टेबुलटेनिसमा ३१ जनाले सहभागिता जनाउने छन्।

प्रतियोगिताका लागि नगरपालिकाले ८ लाख ६० हजार रकम विनियोजित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्