सीमामा पानीको बहाव नरोक्न निर्देशन 



काठमाडौं, (नेस)। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अन्तर्राष्ट्रिय कानुनअनुसार भारतले सीमामा पानीको प्राकृतिक बहावअनुरूप निकास कायम गर्न सरकारलाई निर्देशन दिएको छ।
अन्तर्राष्ट्रिय कानून र मान्यताअनुरूप दुवै देशको सहमति र सहकार्यमा पानीको प्राकृतिक निकासको व्यवस्थित योजना बनाउन  समितिले निर्देशन दिएको हो।

समितिलेको बैठकले जीपीएस प्रविधिबाट नेपाल र भारतबीचको सीमा निर्धारण गरी जंगे पिलर मर्मत सम्भार गर्ने, अन्य पिलरको पनि मर्मत सम्भार र पुनस्थापना गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्