‘अझै १५ वर्ष अखडामा रहन्छु’



 काठमाडौं, (नेस)  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मरिहालोस् भन्नेहरुलाई आगामी चुनावको सामना गर्ने गरी तयार रहन आग्रह गर्नुभएको छ।  उहाँले अझै आफू अझै १५ वर्ष अखडामा रहने बताउनुभएको हो।

संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे विभिन्न अफवाह फैलाएकोप्रति आपत्ति जनाउनुभयो।

विरोधीहरु कति कमजोर भएछन् मरिहाले हुन्थ्यो भन्छन्, यस्ता प्रवृत्तिसँग केही भन्नुछैन, उहाँले भन्नुभयो। प्रधानमन्त्री ओलीले आफू स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्