निकिताको उजुरी  प्रहरीले लिएन



काठमाडौं, (नेस) । चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी आफ्ना पति रवि लामिछानेलाई फसाउने गरी भिडियो सार्वजनिक भएको भन्दै प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराउन गएकी उहाँकी श्रीमती निकिता पौडेलको उजुरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ।

पौडेल हालै सार्वजनिक भएको भिडियो किर्ते गरिएकाले किर्ते गर्नेमाथि कारबाहीको माग गर्दै परिसरमा उजुरी दर्ता गराउन जानुभएको थियो।

चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल, पत्रकारद्वय किशोर श्रेष्ठ र संकेत कोइरालालाई कारबाहीको माग गर्दै दलबलसहित प्रहरी परिसर टेकु पुगेकी पौडेललाई प्रहरीले उक्त उजुरी दर्ता गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिएको थियो।

प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि परिसरमा जम्मा भएका सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले श्रीमान्लाई फसाउन खोजिएकाले न्यायका लागि आफू लडिरहने जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्