घुस लिने मालपोतका कर्मचारी पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको मनमैजुस्थित मालपोत कार्यालयका दुई जनालाई पक्राउ गरेको छ । आयोगले कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर केसीलाई ३५ हजार घुस लिएको आरोपमा पक्राउ गरेको हो ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने कार्यमा सहज बनाइदिने तथा र जग्गा रोक्का राख्न समेत सरलीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेका थिए । आयोगको टङ्गालबाट गएको टोलीले उनीहरुलाई मालपोत कार्यालय नजिकैको एक खाजा घरबाट मंगलबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्