नयाँ बसपार्कको गेस्ट हाउसमा महिला र पुरुष मृत भेटिए



न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौं, नयाँ बसपार्कको मोरङ पर्वत गेस्ट हाउसको महिला र पुरुष मृत भेटिएका छन् । उनीहरु होटलको कोठा नं. १११ मा मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।

कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खातको तलपट्टी र युवकको खाटमाथि भेटिएको प्रहरीको भनाई छ । उनीहरु राति ११ बजे होटलमा बसेका थिए । विहान खान खान बोलाउँदा पनि ढोका खोलेका थिएनन् । दिउँसो १ बजेसम्म पनि नस्किएपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए ।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । यसबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्