भारतीयहरुद्वारा नाका बन्द



वीरगन्ज । नेपालमा भारतीय गाडी चालकहरुलाई दुःख दिने नियम लागु भएको भन्दै भारतीय पक्षले बुधबार सडक अवरोध गरेको छ ।
भारतीय नागरिकहरुले रक्सौल बीरगन्ज मैत्री पुलमा एम्बुलेंस र गाडीहरु रोकी आवागमन अवरुद्ध पारेका हुन् ।

नेपालमा भारतीय गाडीहरुको इन्टीको कुरा लिएर नेपाल सरकारद्वारा प्रत्येक दिन नयाँ नियम परिवर्तण भएकोले भारतिय गाडी चालकहरु दुख भोन्नु परेका कारण भारत नेपाल सीमा रक्सौल सीमा क्षेत्रमा बन्द गरिएको भारतीयहरुले बताएका छन् । भारतीयहरुले सडक अवरोध गरेपछि वीरगन्ज रक्सौल सवारी साधन आवागमन ठप्प हुनुका साथै भन्सारको गतिबिधि समेत अवरोध भएको थियो ।

भारतीयहरुले सीमा क्षेत्रमा अवरोध गरेपछि वीरगन्ज क्षेत्रको जनजीवनमा पनि प्रभाव परेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । पछिल्ला दिनमा पर्सा प्रहरी प्रशासनले भारतीय सवारी साधनको आवागमनमा कडाइ गरेको छ । सुरक्षाका कारण र राजश्व बृद्धिका लागि यसो गरिएको पर्सा प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्