यस्ता छन् सशस्त्र प्रहरीका जिम्मेवारी



काठमाडौं । सशस्त्र प्रहरी बलबाट भए गरेका कामकारवाही सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनबाट भएगरेका कामकारवाहीबारे जानकारी गराउनु भएको छ ।

पत्रकार सम्मेलनमा उहाँले संगठनको जिम्मेवारी लगायत नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद् विपद्मा उद्धार कार्यमा गरिएका कार्यहरु, अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्धार कार्य, सशस्त्र प्रहरी कार्यसम्पादनमा जनशक्तिको परिचालन लगायत विविध विषयहरुमा जानकारी गराउनुभएको थियो ।

श्रेष्ठले सेवा र सुरक्षा कार्यमा संगठनबाट भएका प्रयासहरु, संगठनको संरचना, सशस्त्र प्रहरी कर्मचारी माथि विभागीय कारवाही, सशस्त्र प्रहरी कार्य सम्पादनमा प्रविधिको प्रयोग, कल्याणकारी कार्य लगायतका विषयहरुमा समेत जानकारी गराउनु भयो ।

प्रतिक्रिया दिनुहोस्