रहेनन् चलचित्र निर्देशक किशोर राना



काठमाडौँ ।
चलचित्र निर्देशक किशोर रानाको निधन भएको छ । रानाको ५४ वर्षको उमेरमा बुधबार ललितपुरको निदान अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । विगत ६ वर्षदेखि रानाले नियमित डाइलासिस गर्दै आएका थिए । भारतमा पुगेर पनि उनले उपचार गराएका थिए । तर, आर्थिक स्थिति कमजोर भएका कारण उनले मिर्गौला प्रत्यारोपण गर्न सकेका थिएनन् ।

उनले ‘कर्जा, सीमारेखा, करोडपति, राँको, एक नम्बरको पाखे’ जस्ता धेरै सफल चलचित्रहरु निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्