गुणस्तरीय शिक्षाका लागि दोस्रो अन्तराष्ट्रिय सम्मेलन हुँदै



न्युज अफ नेपाल, ललितपुर । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बंगला फाउण्डेशनको संयुक्त आयोजनामा दोस्रो अन्तराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । देशभरका ५० जिल्लाका ३ सय सामुदायीक विद्यालयका शिक्षक सहित ६ सय प्रतिनिधि सहभागि हुने सम्मेलनमा विश्वका ५ देशका शिक्षा विज्ञ, अनुशन्धान कर्ता प्रशिक्षकको सहभागिता रहने भएको छ ।

सम्मेलन यही भदौ ७ देखि ९ गतेसम्म रातो बंगला स्कुलमा हुदैछ । सम्मेलनको बारेमा जानकारीदिन आज आयोजित पत्रकार सम्मेलनमा शिक्षा विकास तथा मानव स्रोत केन्द्रका महानिर्देशक वावुराम पौडेलले नेपालमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाले भन्नुभयो–सबैको लागि शिक्षा, गुणस्तरीय शिक्षा र चुस्त व्यवस्थापनको लागि अन्तराष्ट्रिय सम्मेलन आयोजना गरेका हौ । वालकेन्द्रीत शिक्षा लक्षित सम्मेलनले सार्वजनिक शिक्षाको विकासमा कोशेढुंगा सावित हुने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको उहाको भनाई छ ।

गुणस्तरीय शिक्षाको लागि सहयोग गर्ने फाउण्डेशनको योजना अनुसार सरकारले सहयात्रा गरेको उहाको भनाई थियो । पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनकी अध्यक्ष एवं रातो बंगला स्कुलकी प्रमुख डा.शान्ता दिक्षीतले सम्मेलनमा अमेरिका, चीन, भारत, बंगलादेश र सिंगापुरका गरी नौ जना विज्ञको उपस्थिति रहने जानकारी दिनुभयो । सम्मेलनमा विदेशी र ६० जना स्वदेशी विज्ञको करिब ८० वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । विशेषगरी सामुदायीक विद्यालयको शिक्षा सुधार गर्न कार्यक्रम आयोजना गरिएको उहाको भनाई छ ।

बाल केन्द्रीत गुणस्तरीय शिक्षालाई स्थानीय सरकार र प्रत्येक विद्यालयले अघि बढाउनेछन भन्ने कार्यक्रमको उद्देश्य रहेको छ । फाउण्डेशनले यस अघि सन् २००२, २०१३ मा गरी दुईपटक अन्तराष्ट्रिय सम्मेलन आयोजना गरिसकेको दिक्षीतको भनाई छ । तेस्रो सम्मेलन लगत्तै यसैवर्ष सातै प्रदेशमा सम्मेलन आयोजना गर्ने उहाको भनाई छ । हामी प्रत्येक दुई वर्षमा अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने लक्ष्य लिएका छौ–उहाले भन्नुभयो । सम्मेलन ऐनसेल,एशियाली विकास बैक,युरोपेली संघ, जनता बैक र ब्यापार अक्सिजन प्रालिले प्रायोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्