रक्तचन्दनको तेलसहित ३ जना पक्राउ



काठमाडौं। रक्तचन्दनको तेलसहित ३ जनालाई ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिक-१६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका-५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका-३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका-११ घर भएका २६ वर्षीय सुजन पौडेल रहेका छन् ।

उक्त स्थानमा अवैध रुपमा रक्तचन्दनको तेल कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जित बहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्