झण्डै १६ लाख भारतीय रुपैयाँको साथमा दुई महिलासहित पाँच समातिए



दाङ । दाङको लमहीबाट भारतीय र नेपाली रुपैयाँसहित ५ जनालाई प्रहरीले गरेकोको छ ।भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

लमही नगरपालिका-९ जलकुण्डीस्थित पूर्व-पश्चिम राजमार्गबाट उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका-२ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका-९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका-८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका-५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन् । ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

रुपैयाँ कस्को र कहाबाटँ आयौ भन्ने श्रोत खुलेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्