निर्माता गोविन्द शाही पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् । फिल्म ‘लिलिबिलि’बाट निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्कालाई शाहीले करिव ८८लाख दिनु पर्नेमा नदिएको भन्दै उनीहरुले एक वर्ष अगाडी जाहेरी दर्ता गराएका थिए ।

सोहि जाहेरीको आधारमा उनलाई टेकु अपराध महाशाखाले बुधबार पक्राउ गरेको हो । उनलाई पक्राउ गरि सोधपुछ थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्