काठमाडौं आउनेबित्तिकै जयशंकरले प्रम ओलीलाई भेटे



काठमाडौं । मध्यान्न १२ बजे काठमाडौं विमानस्थलमा अवतरण गरेका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार मात्र नेपाल आएका विदेशमन्त्री जयशंकर प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

आयोगको बैठक आजै सुरु हुँदैछ । नेपाल र भारतका परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने बैठकमा नेपाल र भारतबीचका विभिन्न विषयमा छलफल हुनेछ ।

भारतीय विदेशमन्त्री जयशंकरले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्