पोखरामा लायन्स फुटबल प्रतियोगिता हुने



न्युज अफ नेपाल, पोखरा ।

लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले अन्तर लायन्स फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल मैदानमा छैटौँ अन्तर लायन्स सेवेन ए साइड फुटबल प्रतियोगिता–२०७६ को आयोजना गरेको क्लबले जानकारी गराएको छ ।

खेलाडीको लागि ५० हजार रुपैयासम्मको स्वास्थ्य उपचार विमा

स्थापनाकालदेखि विभिन्न लायन्स क्लबबीचको आपसी भाइचारा प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष टङ्कराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गतबर्षहरुमा डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सिमित रहेको प्रतियोगिता यसबर्ष देखि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत चारवटै डिष्ट्रिक्टका लायन्स क्लबहरुलाइ आमन्त्रण गरीने भएकोे छ । प्रतियोगितामा ६० भन्दा बढी लायन्स क्लबको सहभागिता हुने अनुमान गरिएको छ भने खेलको क्रममा खेलाडी घाइते भएमा ५० हजार रुपैयासम्मको स्वास्थ्य उपचार विमा समेत गरिएको छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई रु ३५ हजार ५५५, र रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वा्धिक गोल कर्ता, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष अर्जुन सिग्देलले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्व अध्यक्ष टङ्कराज अधिकारीको संयोजकत्वमा विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै नेपाल भरका लायन्सहरुलाइ पोखरामा आमन्त्रण गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्याइ पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष सिग्देले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्