भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा



न्युज अफ नेपाल, काठमाडौं ।

भारतका विदेशमन्त्री जयशंकर बुधबार मध्यान्ह १२ बजे काठमाडौं आइपुगेका छन्। उनी विदेशमन्त्री भएपछि पहिलो पटक नेपाल आएका हुन् । उनलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्।
फोटोः अनील आङदम्बे, काठमाडौं ।

नेपालले संविधान निर्माण गरिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएका उनी मन्त्री भएपछि फेरि आएका हुन्।

काठमाडौंमा आजदेखि सुरु हुन लागेको नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन उनी आएका हुन्। उनले आज मध्यान्न ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ। त्यही बैठकमा भएका निर्णय तथा प्रगतिको पुनरवलोकन गर्दै दुई देशको सम्बन्ध नयाँ बाटोमा अगाडि बढाउन काठमाडौँ बैठक महत्वपूर्ण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्