१७ वर्षिया बालकले गरे आत्महत्या



किरन धामी, दार्चुला ।

दार्चुलामा एक १७ वर्षिय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिका वडा नम्बर ४ का १७ वर्षिय मनोज सिंह कुवरले आफ्नै आमाको होटलको छतमा रहेको रडमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी प्रेम खड्काले जानकारी दिनुभयो ।

मंगलबार विहान आफ्नो आमाले संचालन गरिरहेको एम स्टार रेष्टुरेन्ट एण्ड बारको छतमा झुण्डिएर ति बालकले आत्महत्या गरेको उहाले बताउनुभयो ।

आमा हरिदेवी चन्द कुवर र बुवा दल बहादुर कुवरको सम्बन्ध विच्छेद भए पछि उनि आफुनी आमा संगै बस्दै आएका थिए । मनोजको बुवा र आमाको आज भन्दा ८÷९ वर्ष पहिले सम्बन्ध विच्छेद भएको थियो ।

मृतक मनोजकी आमा हरिदेवीले ब्याँस गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मंगल सिंह धामी संग दोस्रो विहे गरेर खलंगामा होटल संचालन गर्दै आइरहेकी छन् ।

शव पोष्टमोर्टका लागी जिल्ला अस्पताल लैजाने तयारी भैइरहेको सुचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्