भूपेन्द्रलाई उपचार खर्च



नेपाल समाचारपत्र, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का निमित्त सदस्य–सचिव राजेशकुमार गुरुङले राष्ट्रिय टिमका तेक्वान्दो खेलाडी भूपेन्द्र श्रेष्ठलाई मंगलबार उपचार खर्च प्रदान गरेका छन्।

निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेको पहिलो दिन १३औं दक्षिण एसियाली खेलकुद (साग)को प्रशिक्षणमा रहेका करार्ते र तेक्वान्दो खेलाडीका तयारीबारे बुझ्न सातदोबाटो पुगेका निमित्त सदस्य–सचिव गुरुङले घुर्डाको एमआरआई गर्दा खर्च भएको ११ हजार रुपियार् भूपेन्द्रलाई प्रदान गरेका हुन्।

तेक्वान्दो प्रशिक्षक दीपक विष्टले भूपेन्द्रको उपचार खर्चको भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए। राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल १३औं सागकै सिलसिलामा मंगलबार चीन प्रस्थान गरेकाले अर्को व्यवस्था नभएसम्मका लागि सदस्य गुरुङलाई निमित्त सदस्य–सचिवको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्