किर्गिस्तान सेमिफाइनलमा आज माल्दिभ्ससर्ग नेपालले खेल्दै



नेपाल समाचारपत्र, काठमाडौंकिर्गिस्तानले ललितपुरमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

मंगलबार लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा बेलुकी ढिलोसम्म चलेको खेलमा किर्गिस्तानले माल्दिभ्सलाई सोझो सेटमा हराएको हो।

दोस्रो जितसर्गै ३ टोली रहेको समूह ‘ए’ बाट शीर्ष टोली हुर्दै किर्गिस्तान अन्तिम चारमा पुग्यो। किर्गिस्तानले सो खेल २५–१५, २६–२४, २५–१९ ले जितेको हो।

दोस्रो सेटमा माल्दिभ्सले स्पष्ट ५ अंकको अग्रता बनाएको थियो। तर, किर्गिस्तानले पुनरागमन गर्दै सेट आफ्नो बनाउन सफल भयो। अघिल्लो दिन किर्गिस्तानले नेपाललाई सोझो सेटमै हराएको थियो।

नेपालले आज माल्दिभ्ससर्ग अन्तिम चार पुग्नका लागि प्रतिस्पर्धा गर्नेछ। जुन खेलमा नेपालले जित्नैपर्ने दबाब रहेको छ।

उज्बेकिस्तानसर्ग तुर्कमेनिस्तान स्तब्ध
उज्बेकिस्तानले गत संस्करणको विजेता तुर्कमेनिस्तानलाई २५–१८, २५–२१, २५–१५ को सीधा सेटमा हरायो। यो दोस्रो जितसर्गै उज्बेकिस्तानले सेमिफाइनल पुग्ने संभावनालाई शसक्त बनाएको छ।

समूह ‘बी’ कै अर्को खेलमा अफगानिस्तानले बंगलादेशलाई ५ सेटको रोमाञ्चक खेलमा पराजित गरेको छ। यो अफगानिस्तानको पहिलो जित हो भने बंगलादेशको दोस्रो हार हो।

दुई हारले बंगलादेशलाई सेमिफाइनल पुग्ने दौडबाट बाहिर पुर्याएको छ। समूहमा अफगानिस्तानले अर्को खेलमा उज्बेकिस्तानसर्ग खेल्नेछ।

तर, तुर्कमेनिस्तानका लागि भने बंगलादेशसर्ग अन्तिम खेल रहेको छ। जुन खेलमा तुर्कमेनिस्तानका लागि प्रतियोगितामा रहन जित्नुपर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस्