निगमको जापानमा हवाई उडान तयारी पूरा



नेपाल समाचारपत्र, काठमाडौं । नेपाल वायुसेवा निगमले भदौ १२ गतेदेखि जापानमा गर्ने हवाई उडानको तयारी पूरा गरेको जनाएको छ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले अधिकतम आधा लोड पूरा गरेर उडाउने प्रयास भइरहेको बताउनुभयो।

सेप्टेम्बर महिनाभर निगमको जापान उडान घाटामा उड्ने र त्यसपछि मात्र क्रमशः यात्रु संख्या बढ्ने उहाँले बताउनुभयो।

पहिलो उडानका लागि मंगलबारसम्म करिब ९० सिट भरिएको निगमले जानकारी दिएको छ।

मुख्य सिजनमा जापानमा अधिकतम ८५ प्रतिशतसम्म सिट भरिने अपेक्षा निगमको रहेको छ। यस रुटमा निगमले वाइडबडी जहाज उडाउँदैछ।

प्रतिक्रिया दिनुहोस्