सेञ्चुरी बैंकद्वारा वैदेशिक रोजगार व्यवसायीको लागि बैंक ग्यारेन्टी सुविधा



नेपाल समाचारपत्र, काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई सुविधा दिने उद्देश्यसहित हालै सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५/११/१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ।
यसअन्तर्गत बैंकले एक करोड ५० लाखको बैंक ग्यारेन्टी पाँच वर्षको लागि जारी गर्नेछ। नगद मार्जिन २० लाख रुपियाँ, कमिसन चार लाखका साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधाको लागि विशेष खाता सुविधा पनि रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्