यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर



नेपाल समाचारपत्र, काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको स्वयम्भुस्थित ठूलो भर्याङमा रहेको यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो।

सँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ।क्  काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजस्व बुझाउने सेवाग्राहीलाई सहज हुने मेगा बैंकको विश्वास छ।

अन्य सरकारी कार्यालयमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ।

ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालय छन्।

 

प्रतिक्रिया दिनुहोस्