मेलम्चीको काम चिनियाँ कम्पनीलाई जिम्मा



नेपाल समाचारपत्र, काठमाडौं ।इटालियन कम्पनी सीएमसी भागेपछि रोकिएको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको पूरा गर्न चिनियाँ कम्पनीलाई जिम्मा पाएको छ।

सुरुङमार्ग फिनिसिङ र हेडवक्र्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोले जिम्मा पाएको हो। आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडीबी पठाएको थियो। करिब एक साता अध्ययन गरी एडीबीले चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो।

मंगलबार मेलम्ची खानेपानी विकास समितिले बैंक ग्यारेन्टीसहित प्रकिया पुर्याएर सम्झौता गर्न आउन पत्र पठाएको चिनियाँ कम्पनीलाई आह्वान गरेको छ। ठेकेदार छनोटमा चित्त नबुझेमा सात दिनभित्र दाबी विरोध गर्न समितिले सातदिने सूचना निकालेको थियो।

 

प्रतिक्रिया दिनुहोस्